हालसम्मकै सर्वाधिक ७,१३७ जनामा कोरोना

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार १३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जनामा कोरोना पुष्टि भएको हो । यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या तीन लाख ३६ हजार ३० पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन् ।

गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ ।

तपाईको प्रतिक्रिया