मेचीनगरका १४ सहित भापामा १४९ संक्रमित

मेचीनगर । मेचीनगरका १४ सहित झापामा सोमबार १४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा ५९ महिला र ९० पुरुष गरी १ सय ४९ जनामा कोरोना पुष्टि भएको छ ।

मेचीनगरका संक्रमितहरुमा वडा नम्बर ३, ५, ७, ८, ९, १० र १५ रहेका छन् । मेचीनगरमै सोमबार थप ७ जनाको एन्टिजिनसमेत पोजेटिभ आएको छ ।

सोमबार थपिएका संक्रमितहरुमा बिर्तामोडमा ३७, दमकमा २७, भद्रपुरमा २३ र गौरादहमा १२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै अर्जुनधारा ११, कन्काइ १०, कमल ६, हल्दिबारी, बाह्रदशी र शिवसताक्षीमा २/२ जना र गौरीगञ्जमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

झापामा सोमबार थप एक संक्रमितको निधन भएको कार्यालयले पुष्टि गरेको छ ।

दमक ५ का ६५ वर्षीय महिला संक्रमितको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको हो ।

झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।

 

एकैदिन ७ हजार ३८८ मा कोरोना

सोमबार ७ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६ सय ५८ पीसीआर परीक्षणबाट ७ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

तपाईको प्रतिक्रिया