समाजवादी व्यवस्थाको नयाँ ढाँचा

नेपालमा पछिल्लो राजनीतिक घटनाहरुले संविधानलाई धक्का दिएको महसुस आम जनतालाई भएको छ । राजनीतिक निर्णयहरु अदालतमा पुगी फैसला भएर मात्र समाधान हुनुले राजनीतिक दलहरुको ओचित्यमाथि गम्भीर प्रश्न उठाएको छ । कतिले त यो व्यवस्था माथि नै प्रश्न उठाउन समेत भ्याएका छन् । नेपालमा भएको संसदीय व्यवस्थाले नेपाली जनताको विकासमा भूमिका निर्वाह गर्न सकेन भनेर पनि भन्ने गर्दछन र परिदृष्य पनि त्यस्तै रहेको छ । १० वर्ष अघि र अहिलेको नेपाली जनताको आर्थिक अवस्था उस्ता उस्तै देखिन्छ गरिब झन गरिब भएको छ । नेपाली समाजमा पछाडि परेका समुदायहरु अझै पनि उस्तै अवस्थामा रहेको छ उनीहरुको जीवन अहिले पनि कस्टकरनै रहेको छ । साच्चै भन्ने हो भने उनीहरुमा राजनीति तथा राजनीति व्यवस्थासँग खासै सरोकार पनि भएको देखिन्दैन ।
संसदीय व्यवस्था अन्तर्गत विकासमा धेरै मोडलहरु रहेका छन ती मोडलहरुले काम नगरेको भने होइन । जनताबाट चुनिएर गएका सांसदहरुले आफ्ना विकास क्षेत्रमा विभिन्न किसिमका योजनाहरु ल्याएका छन अझ मन्त्री भएका सांसदहरुले झनै बढी योजनाहरु ल्याएका छन् । त्यस्तै समानुपातिक सांसदहरुलाई पनि विकासका लागि भनेर केही रकम छुटयाउने गरेका छन उनीहरुले पनि काम त गरेकै छन् । सांसदहरुले पाउने रकममा पनि आफैमा विभेदकारी रहेको छ । प्रत्यक्ष निर्वाचित सांसदहरुले बढी रकम पाउदछन भने समानुपातिक सांसदहरुले रकम कम पाउदछन यसो गरेपछि सोझै भन्न सकिन्छ प्रत्यक्ष निर्वाचित सांसदहरुको बढी प्रभाव रहन्छ ।

संसदीय व्यवस्थामा अनेकन समस्याहरु यहाँमात्र नभएर दुनियाभरी देखिन थोलका छन त्यस्कारण यस्तो समस्याग्रस्त व्यवस्थालाई उपचार खोज्नु अनिवार्य हुन्छ । यस्को उपचार भनेको यसलाई दबाई खुवाएर निको बनाउनु नभएर विशुद्ध नयाँ तरिकाले नयाँ व्यवस्था कायम गर्नु हो । त्यो व्यवस्था भनेको नै विशुद्ध रुपमा विज्ञानमा आधारित समाजवादी व्यवस्था हो । २१ औ शताब्दीको समाज पूर्ण रुपमा विज्ञानमा आधारित रहेको छ हरेक क्षण विज्ञानलाई प्रयोग गरेको छ विज्ञान बिना कुनै पनि कार्य गर्न नसकिने हुँदा त्यसलाई आधार मानेर अघि बढनु पर्ने हुन्छ ।

त्यसो भएकोले अबको समाजवादी यात्रा भनेको विज्ञानमा आधारित समाजवादी यात्रा हुन्छ । यस्का लागि स्थानीय स्तरबाट समाजवादको यात्रा प्रारम्भ गर्न जरुरी पर्दछ । पूँजीवादी व्यवस्थाले गर्दै गरेका सम्पूर्ण कार्यक्रमहरु समाजवादी व्यवस्था रुचाउनेहरुले सोही अनुसार गर्नुपर्दछ । अहिलेको संसदीय व्यवस्थाले मुख्यतया पुजीवादी व्यवस्थालाई प्रशय दिएको छ त्यसकारण संसदीय व्यवस्था अनि पुजीवादी व्यवस्थाको सट्टा समुदायमा आधारित व्यवस्था निर्माण गर्नु पर्दछ । स्थानीय स्तरमा समुह समुह निर्माण गरेर आआफ्ना आवश्यताहरु पुरा गर्नु पर्दछ । उदाहरणका लागि काँकरभिट्टा र धुलाबारी लिन सकिन्छ काँकरभिट्टाले चामल उत्पादन गर्दछ भने धुलाबारीले दाल उत्पादन गर्न सक्दछ र थोरै पैसामा त्यसलाई सिदै खरिद बिक्री गर्दै बिचमा कुनै पनि किसिमका मझौला व्यापारीहरु नराख्ने व्यवस्था हुनुपर्दछ । अझ व्यपाक रुपमा भन्दा मसँग आलु छ अर्को सँग मकै छ भने मैले सिदै मकै किन्ने र उसले सिधैँ आलु किन्न मसँग आउने वातावरण निर्माण गर्नु पर्दछ यसो गरेमा कुनै पनि किसान तथा उत्पादन कर्ताहरु मारमा पर्दैनन आफुसँग भएको सामान अर्कोलाई दिने र अर्कोसँग भएको सामान आफ्नो आवश्यकताको आधारमा लिने त्यस्का लागि बीचमा सरकारले मध्यस्थता गर्नु पर्ने हुन्छ । यस्का लागि विभिन्न सूचनाका स्रोतहरु प्रयोग गर्नु पर्ने हुन्छ । सबैजना समान किसिमबाट समान तरिकाले सजिलै सँग विकासमा पु¥याउन यो ढाँचाले काम गर्ने हुन्छ । यो व्यवस्था बिल्कुलै पुजीवादी बजारमूखी व्यवस्थाको विपरीत व्यवस्था हुन्छ तर मानवीय मूल्य मान्यता विकासको भावना यसमा हुन्छ, कुनै विभेद यसमा हँुदैन । यसमा मान्छे र उत्पादनको सम्बन्ध हुन्छ तपाईले के उत्पादन गर्नुभयो तपाईलाई के चाहिएको छ ? आफूसँग नभएको सामान कोसँग छ र उसलाई के चाहिएको छ यसमा खाली समन्वयको आवश्यकता पर्दछ । यसरी हामीले हाम्रा न्यूनतम आवश्यकताहरु आफँै पूरा गर्ने ठाउँमा पुगिन्छ । यसका लागि कुनै पनि बजार वा पुँजीपतिसँग भर पर्नु पर्दैन ।
किसान तथा उत्पादनकर्ताले आफ्नो सामानको मूल्य आफै तोक्ने ठाउँमा पुग्दछ । यो व्यवस्था भएपछि हरेक मानिस उत्पादनसँग जोडिन्छ । जो उत्पादनसँग जोडिदैन, उसले आफ्ना आवश्यकताहरु पूरा गर्न नसक्ने हँुदा अनिवार्य रुपमा उत्पादनसँग जोडिनु पर्दछ । कोही बेरोजगार हँुदैनन् त्यतिमात्र नभएर सबै पेशाकर्मीहरुकोे हैसियत बराबर हुन्छ । एक आपसमा उनीहरु जोडिएका हुन्छन् । त्यसकारण एक आपसमा समान व्यवहार समेत रहेको हुन्छ । सबैको हैसियत समान रहेको हुन्छ । सुन्दा अनौठो लाग्न सक्दछ तर यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकिन्छ । यसलाई व्यवस्थित बनाउन नयाँ नयाँ विज्ञानको सिर्जना गर्नु पर्ने हुन्छ । नयाँ नयाँ प्रविधिको प्रयोग गर्नु पर्ने हुन्छ । त्यसकारण यसलाई विज्ञानमा आधारित समाजवादी युग भन्न सकिन्छ ।

तपाईको प्रतिक्रिया