पाँच हजार ६५७ संक्रमित, ३३ जनाको मृत्यु

झापा । पछिल्लो २४ घण्टामा ५ हजार ६५७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ ।

त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृतकको संख्या ३ हजार २७९ पुगेको छ । २४ घण्टामा १५ हजार ९१६ वटा नमूनाको परीक्षण गरिएकोमा ५ हजार ७२७ जनाको नतिजा पोजेटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

तपाईको प्रतिक्रिया