झापामा श्रीमतीलाई घाइते बनाई श्रीमानले गरे आत्महत्या

झापा । गौरीगञ्ज-५ स्थित बालुगाउँमा श्रीमतीलाई घाइते बनाई श्रीमानले आत्महत्या गरेका छन् । ३० बर्षीय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेका हुन् । राती २६ वर्षिया श्रीमती राजकुमारी ताजपुरियासँग झगडा भएको र झगडाकै क्रममा उनले धारिलो हतियारले रोपेका थिए ।

श्रीमती रक्ताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन् । श्रीमती राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए ।

जगतबहादुरको लाशलाई राति नै पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया