झापामा थप ५ स्थानीयमा कोरोना संक्रमण

झापा । झापामा आइतबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंले दिएको जानकारीमा दमकमा ४ र भद्रपुरमा १ गरी थप ५ स्थानीयमा कोरोना पुष्टि भएको हो ।

संक्रमण भेटिएकामा दमक वडा नम्बर ५ र ८ का ३ महिला र १ पुरुष रहेका छन् । भद्रपुर वडा नम्बर ५ की एक स्थानीय महिलामा समेत कोरोना देखिएको चौलागाईंले बताए ।

झापामा हाल २२ जना संक्रमित आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेश १ मा आइतबार ७ जना कोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मोरंङमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १-१ जनामा संक्रमण देखिएको हो ।

मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १-१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १जनामा संक्रमण देखिएको हो ।

प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया