गाउँले होटल सञ्चालक मृत्यू प्रकरण: आफन्तसहित दुई जना नियन्त्रणमा

विर्तामोड । गाउँले होटल विर्तामोडका सञ्चालक तिलक निरौलाको रहस्यमय मृत्यू पछि सोधपुछका लागि प्रहरीले आफन्तसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नातामा भाञ्जा पर्नेलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । प्रहरीका अनुसार उनीहरुलाई सोधपुछका लागि मात्र बोलाइएको हो । गत शुक्रवार ति भाञ्जालाई भेट्न भन्दै निरौला निस्किएका थिए । परिवारले भेट्न गएकै आधारमा नियन्त्रणमा लिएको छ । होटल सञ्चालक निरौला आइतवार विहान चारआली स्थित जंगल क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए ।

तपाईको प्रतिक्रिया