नेप्सेमा हरियाली, यी हुन् १० प्रतिशतले मूल्य बढ्ने ९ कम्पनी

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से बुधबार ६८.४७ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २६८१.१० अंकमा कायम भएको छ । आज नेप्सेमा हरियाली छाएको छ ।

यस दिन ४ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो ।  नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.७२ अंकले बढेर ५०४.७३ अंकमा पुगेको छ ।

कारोबार भएका सबै परिसूचक बढेका छन् । सबभन्दा बढी नन लाइफ इन्स्योरेन्स ४०६ अंक,  विकास बैंक २२४ अंक, माइक्रो फाइनान्स २९६ अंक, लाइभ इन्स्योरेन्स २५७ अंकले बढेका छन् ।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । मूल्य बढ्ने कम्पनीमा सबैको लघुवित्त, ग्रामीण विकास लघुवित्त, किसान लघुवित्त,प्रोगेसिभ फाइनान्स, ग्रीन डेभलपमेन्ट, सामुदायिक लघुवित्त, बेस्ट फाइनान्स, ग्लोबल आइएमई लघुवित्त, नयाँ सारथी लघुवित्त रहेका छन् ।