झापाबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-८ का २२ वर्षीय सुमन तामाङ रहेका छन् ।

प्रहरीले उनलाई आइतबार दिउँसो भद्रपुर नगरपालिका-८ बाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।