यसैगरी संसद कहिलेसम्म चल्छ ?, प्रधानमन्त्रीको जवाफ- ओलीलाई सोध्नुस्

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभा बैठक लगातार अवरूद्ध गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले अवरोध जारी राखेपछि संसद बैठक मंगलबारसम्म स्थगित गरेका छन् ।

सभामुखले संसदीय मर्यादा कायम नगरेको र दल फुटाउन भूमिका खेलेको आरोप एमालेको छ । यो निर्णय सच्याउन एमालेले सभामुखसँग माग गरिरहेको छ ।

आज प्रतिनिधि सभा बैठकमा भाग लिएर बाहिरिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई यसैगरी संसद कतिन्जेल चल्छ भनेर पत्रकारले प्रश्न राखेका थिए । यसको जवाफमा देउवाले केपी शर्मा ओलीलाई सोध्न आग्रह गरेका छन् ।

यसरी नै संसद कति दिन चलाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री देउवाले भने, ‘ओलीजीलाई सोध्नुस् ।’

एमालेको अवरोधबीच पनि गत शुक्रबार सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएको थियो ।