कोरोना रोकथामका लागी काँकरभिट्टामा ‘मास्क अभियान’

बिश्वास दाहाल काँकरभिट्टा । रोटरी क्लब अफ काँकरभिट्टाको संयोजनमा मेचीनगर-६ वडाको आयोजनामा स्थानीय सरकारी तथा गैरसरकारी संघ संस्थाको सहभागितामा ‘नेपाल मास्क अभियान’ र्याली सम्पन्न भएको छ ।

काँकरभिट्टा बसपार्कबाट तपाईको मास्क खोई हजुर ? जानी जानी लापरवाही नगरौं, सक्रमणको रोकथामआफैबाट शुरु गरौ, अनावश्यक भीडभाड नगरौ, एकआपसमा दुरी कायम राखौ, भाइरससँग मिलेर लडौलगायतका प्लेकार्ड र व्यानरसहितको र्याली बाहुनडाँगी रोड, भट्टराई चोकलगायत काँकरभिट्टा बजारको परिक्रमा गरेको थियो ।

सो अवसरमा नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको थियो । मेचीनगर वडा नं-६ का वडाध्यक्ष ललितबहादुर तामाङले स्वास्थ्य सुरक्षा मापदण्डको पूणर् पालना गर्नका लागि हरेक नगरवासीलाई आग्रह गरे । कोभिड-१९ महामारी नियन्त्रण र रोकथामका लागि मास्क अभियान सञ्चालन गरेकाले र अभियान सफलरुपमा सम्पन्न भएको बताए । महामारी नियन्त्रणका लागि सम्पूणर् नागरिक जिम्मेवार रहनुपर्ने रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष रोहितकुमार बुडाथोकीले बताए ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टा, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टा, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा, साहारा नेपाल, होटल व्यवसायी संघ मेचीनगर, रोट्रयाक क्लब अफ काँकरभिट्टा सहभागिता रहेको थियोे ।