१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी, एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फुङलिङ नगरपालिका-३ मेदिबुङका मिने भन्ने २६ वर्षीय महेन्द्र कालिकोटेलाई हिजो (सोमवार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महेन्द्रले ती बालिकालाई सोही नगरपालिका ४ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया