पत्रकार महासंघ झापाको अध्यक्षका तीन प्रत्यासी


विर्तामोड । नेपाल पत्रकार महासंघ झापाको नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ । आगामी तीन वर्षे कार्यकालका लागि हुने निर्वाचनमा १९ पदका लागि ४२ जनाको उम्मेद्वारी परेको छ । जसमा २ जना निर्विरोध निर्वाचि हुँदा ३९ जना चुनावी प्रतिस्पर्धामा जाने भएका छन् ।
महासंघको निर्वाचनमा अध्यक्ष पदमा तिनजनाको उम्मेद्वारी परेको छ ।

व्यवसायिक पत्रकारहरुको संयुक्त प्यानलको तर्फबाट वर्तमान उपाध्यक्ष एकराज गिरी, पत्रकार विशाल नेम्वाङ र तिर्थ सिग्देल चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै खुल्ला उपाध्यक्षमा संयुक्त प्यानलको तर्फबाट केशव भट्टराई, गोपाल झापाली र हिमाल खरेलको उम्मेद्वारी परेको छ । महिला उपाध्यमा शुशिला संग्रौला र सावित्रा दाहालको उम्मेदवारी परेको छ । यस्तै सचिवमा डिकेश लामा, सुब्रत न्यौपाने र प्रेम आचार्यले उम्मेदवारी दिएका छन् ।

सहसचिवमा खुल्ला तर्फमा राजु पाठक, विनोद सापकोटा, समावेशी सहसचिवमा अर्जुन राजवंशी र देशराज नेम्वाङले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै, कोषाध्यक्षमा संयुक्त प्यानलका रञ्जित प्रसाई, रमेश तिवारी उम्मेद्वारी परेको छ । निर्वाचन समितिका अनुुसार ७४ जनाले उम्मेद्वारी दर्ता गराएकोमा ६ जनाले फिर्ता लिंदा ६८ जना जिल्ला शाखाको चुनावी प्रतिस्पर्धामा छन् । जिल्ला कार्य समिति, प्रदेश परिषद् र केन्द्रीय परिषद पदमा मनोनयन दर्ता गरेको जनाएको छ ।

त्यस्तै दलित सदस्यमा रञ्जीत परियार र किशोर उपरकोटीको उम्मेद्वारी परेको छ भने जनजाति सदस्यमा शेसेहाङ फियाक र राजन साम्पाङको उम्मेद्वारी परेको छ ।

खुल्ला सदस्यहरुमा रामप्रसाद निरौला, सुनिरा मैनाली, अनिल वाग्ले, भूमिराज पराजुली, सृजन घिमिरे, अच्युतराज सुवेदी, देवीप्रसाद गौतम, द्रोण अधिकारी, सुष्मा राजवंशी, चिरञ्जीवी घिमिरेको उम्मेद्वारी परेको छ । त्यस्तै विष्णुप्रसाद पौडेल, मनिषा चम्लगाई, होमप्रकाश अधिकारी, डम्वर वराल, विनोद पाण्डे, सुदीप अधिकारी, शिशिर चम्लगाई, तीलक तामाङ योन्जन, जशोदा राजवंशीले पनि खुल्ला सदस्यमा उम्मेद्वारी दिएका छन् ।

झापा शाखामा २ जना निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा स्वस्तिका आाचार्य, समावेशी सदस्यमा सन्तोष शर्मा निर्वाचित भएका हुन् ।
प्रदेश परिषदमा सबै निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित हुनेमा समावेशी सदस्यतर्फ सन्तोष अग्रवाल, पुजनकुमारी आचार्य, मनकुमार शर्मा, प्रदीप परियार, आत्माराम राजवंशी, पुकारचन्द्र राजवंशी र अनुषा चुडाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै खुला सदस्यतर्फ इश्वर अधिकारी, उमानाथ भण्डारी, सागर गौतम, राजकुमार ओली, रोहित काफ्ले, राजु पौडेल, डिल्लीराम घोर्साई, तुलसीप्रसाद निरौला, वेणुप्रसाद अधिकारी, उत्तम नेपाल, टिकाराम उप्रेती निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै केन्द्रीय परिषद सदस्यमा ३ जना निर्विरोध निर्वाचित हुँदा ४ जना चुनावी मैदानमा छन् ।

परिषद सदस्यमा महिलातर्फ भीमा शिवाकोटी, रेजिना गौतम निर्विरोध निर्वाचित हुँदा जनजातीबाट दिपिन राईसमेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै केन्द्रीय परिषद सदस्यमा चेतन अधिकारी, कृष्ण हुमागाई, गोपाल काफ्ले र ज्ञानेन्द्र निरौलाले उम्मेद्वारी दिएको निर्वाचन समितिले जनाएको छ । महासंघको निर्वाचन बुधबार बिर्तामोड-२ चारपानेस्थित हिमाल सागर पार्टी प्यालेसमा हुँदैछ ।

तपाईको प्रतिक्रिया