ज्येष्ठ नागरिकलाई कपडा


अर्जुनधारा । अर्जुनधाराका ५५ जना ज्येष्ठ नागरिकलाई कपडा वितरण गरिएको छ । ज्येष्ठ नागरिक मिलन समाजको स्थापना दिवसको अवसरमा मंगलबार संघका वरिष्ठ सल्लाहकार श्री महावीर अग्रवाल ज्यूबाट ५५ जना ज्येष्ठ महिलाहरुलाई साडी वितरण गरिएको हो ।

संघका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी अजुर्नधारा नगरपालिका उपप्रमुख कमला खतिवडा आचार्य रहेकी थिइन् ।

ज्येष्ठ नागरिकलाई संघका अध्यक्ष हरि ओली, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद तिमल्सिना, उपाध्यक्ष सूर्यनारायण गणेश, महिला उपाध्यक्ष दुर्गा अ‍ोली, जिल्ला संघका सह सचिव लक्ष्मी पाण्डलगायतले कपडा वितरण गरेका थिए । सोही अवसरमा दाता अग्रवाललाई सम्मानपत्र प्रदान गरिएको थियो ।

कृष्ण पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत लक्ष्मी इङ्ग्नामले गरेका थिए । कार्यक्रममा उपप्रमुुख आचार्य, संघ वरिष्ठ उपाध्यक्ष तिमल्सिना, उपाध्यक्ष गणेश, जिल्ला अध्यक्ष ओली, सहसचिव लक्ष्मी पाण्डे लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया