गौरादहबाट कौडा खेल्ने ९ जना पक्राउ

झापा । इलाका प्रहरी कार्यालय दमकले कौडा खेलिरहेको अवस्थमा ९ जनालाई नियन्त्रणमा लिएको छ । गौरादह-३ स्थित भक्तबहादुर बर्देवाको घरबाट २९ हजार नगद सहित १६ थान कौडा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सुराकीको आधारमा गौरादह-२ का ३२ वर्षीय निर्मला थापा, वडा नं. ३ का अंकति कार्की, सुरेश अधिकारी, भक्त बहादुर बर्देवा, वडा नं. ४ का मोहन खरेल, कनकाई-३ का राम प्रसाद खरेल, इश्वर खतिवडा, विष्णु प्रसाद उप्रेती, दमक-७ का निर बहादुर सुनुवार पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुलाई इप्रका दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया