सरसफाइ अभियानमा जोडिदै कामना सेवा विकास बैंक


इटाभट्टा । मेचीनगर-७ इटाभट्टामा रहेको कामना सेवा विकास बैंक इटाभट्टा शाखाले इटाभट्टा बजार व्यवस्थापन समितिलाई डस्टबिन वितरण गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक अभियानमा जोडिने अभिप्रायले फोहोर संकलनका लागि २५ थान डस्टबिन वितरण गरेको बैंकका इटाभट्टा शाखा प्रमुख रवि पौडेलले जानकारी दिए ।

बैंकका प्रदेश १ प्रमुुख सुजन राईले बजार व्यवस्थापन समिति संयोजक बिनोदकुमार बानियाँलाई डस्टबिन हस्तान्तरण गरे ।

बैंकले समय/समयमा यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र आगामि दिनमा यसलाई निरन्तरता दिइने बैंकका प्रदेश प्रमुख राईले बताए ।

सो अवसरमा  मेचीनगर वडा नम्बर ७ का अध्यक्ष चन्दन मेचे, यातायात व्यवसायि खडानन्द भण्डारी, प्रहरी बिट इटाभट्टा इन्चार्ज खड्ग गौतम, बैंकका प्रदेश प्रमुख राई लगायतले मन्तब्य राखेका थिए ।

मेचीनगरमा सेवा दिने उद्देश्यले बैंकको शाखा इटाभट्टास्थित भृकुटी रोडमा गत वर्ष स्थापना भएको छ ।

तपाईको प्रतिक्रिया