विश्वस्तरीय ब्राण्ड ‘केल्मी’ धुलाबारीमा

धुलाबारी । विश्व बिख्यात स्पोर्टस ब्राण्ड ‘केल्मी’ झापाको धुलाबारीमा सञ्चालनमा आएको छ । विश्वका ६० बढी देशमा अत्याधिक रुचाइएको ‘केल्मी’ नेपालमा समेत माग बढ्दो छ ।

पूर्वको पुरानो बजारको रुपमा रहेको धुलावारी मार्केट सिरानमा खुलेको ‘केल्मी’ स्टोरमा स्पोर्टसका सम्पूणर् आइटम उपलब्ध छन् ।

पूर्वका ग्राहकको माग र आवश्यकतालाई मध्यनजर गर्दै ५० लाख बढीकोे लगानीमा धुलावारीमा ‘केल्मी’ ब्राण्ड सञ्चालनमा ल्याएको सञ्चालक अमृत शर्माले बताए ।

उनका अनुसार स्पोर्टसका सामग्री खरिदका लागि ‘केल्मी’ ब्राण्ड खोज्दै ताप्लेजुङ, पाँचथर, इलामहुँदै पूर्वका विभिन्न स्थानबाट ग्राहकहरु आउने गरेका छन् ।

स्पेनिस ब्राण्ड ‘केल्मी’ले नेपाली राष्ट्रिय फुटबल टिमलाई समेत प्रायोजन गरि सकेको छ ।

तपाईको प्रतिक्रिया