भ्रष्ट्राचारमा कर्मचारी मात्र दोषी छैनन्

भ्रष्ट्राचार भनेको सभ्य समाजको शत्रु हो । भ्रष्ट्राचारले सार्बजानिक र देश विकासमा प्रत्यक्ष असर गर्दछ । भ्रष्ट्राचारले देश सधैँ अधोगति तीर लाग्दछ । विकास निर्माण गुणस्तरीय नहुने मुलुकका जनताको दैनिकी कष्टकर बन्दै जानु जस्ता भ्रष्ट्राचारबाट पर्ने असरहरू हुन् । भ्रष्ट्राचार भनेको गैर कानुनी हिसाबमा रकम लिनु मात्र मानिँदैन ।

एउटा ब्यक्ती अथवा संस्थाले सार्वजनिक हितका निम्ति गर्नु पर्ने काम सार्बजनिक हित विपरीत गर्छ भने र त्यस्तो काम गर्न उत्साहित गराउँछ प्रेरित गराउँछ भने त्यस्तो व्यक्ति अथवा सङ्घ संस्था भ्रष्ट्राचारी भित्र पर्दछ । सरकारको ऐनाको रूपमा निजामती सेवा परिचित रहन्छ। राजनीतिक नेतृत्वबाट गठन हुने सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरेर सरकारलाई सहयोग गर्ने स्थायी संयन्त्र निजामती सेवा भएकोले निजामती सेवाले गर्ने हरेक क्रियाकलापमा स्वतः सरकार जोडिएर आउने गर्छ ।

राजनीतिक भ्याक्युमको अवस्थालाई समेत निजामती सेवाले पूर्ति गर्ने हुँदा यो स्थायी सरकारको रूपमा रहेको हुन्छ । स्थायी सरकार पनि भनिने निजामती सेवा यति बेला भने सङ्कट र अस्थिरताको गन्जागोलमा रुमल्लिएको छ । संविधान जारी भएपछि राजनीतिक तथा वित्तीय सङ्घीयताको व्यवस्थापन भएता पनि प्रशासनिक सङ्घीयताको छिटो व्यवस्थापन हुन नसक्दा अन्धकार भविष्यको दिशामा यति बेला निजामती प्रशासन चलिरहेको छ ।

राजनीति दल र सरकारले सोच्नै पर्ने कुरा हो । राजनीति स्थिति पटक पटक परिवर्तन भए ता पनि कर्मचारी संयन्त्र भने कहिले परिवर्तन भएको हुँदैन, मलाई लाग्छ कर्मचारी संयन्त्र पनि समय अनुकूल हेरेर परिवर्तन गर्दा हरेक क्षेत्रमा सुदृढ गराउन सकिन्छ कि? किन की कर्मचारी संयन्त्रको भूमिका महत्त्वपूर्ण हुन पर्ने थियो तर त्यो खासै देखिएन,प्रदेश देखि स्थानीय तहसम्म कर्मचारीको वृहत् सञ्जाल भएता पनि यो सञ्जालले त्यति काम गर्न सकेको छैन ।

सैले जिम्मेवार निकाय सरकारी लेबलबाट यी विषयहरूमा सुधार गरेर कर्मचारी को तलब बढायो भनी मात्र भ्रष्ट्राचार निर्मूल पार्न सकिन्छ र कर्मचारी सही भयो भनी मात्र देशलाई समृद्ध बनाउन सकिन्छ त्यसैले कर्मचारी तन्त्रलाई सोच र जनता को न्याय मुखी बनाएर कार्यमुखी बनाउनु नै आजको मूल आवश्यकता हो ।

स्थानीय तहमा बढी भ्रष्ट्राचार भयो भन्ने कुरा जनताको धेरै गुनासो बाहिर आएको कुरा सबैलाई अबगतनै छ, तर भ्रष्टाचार हुनुमा कर्मचारी मात्र दोषी छैनन् किन कि उनीहरूलाई जीवनयापन गर्न पुग्ने तलब दिनु नै देशको उन्नति को लागि पहिलो आवश्यकता हो । नेपालको निजामती सेवामा रहको प्रशासनिक नेतृत्व काम, पद, पेसा र व्यावसायिक ईमान्दारितामा प्रतिबद्ध हुन सकेन । प्रशासनिक नेतृत्वमा सेवाको भविष्यभन्दा पनि व्यक्तिगत भविष्य के हुने भन्ने मनगत भावनाले काम गर्‍यो ।

कतिपय अवस्थामा राजनीतिक नेतृत्वको मन बुझाएर वा खुसी बनाएर भविष्यमा राम्रो संवैधानिक निकाय, राजदूत वा अन्य राजनीतिक नियुक्ति पाउन आशक्ति भएर लागेको देखियो ।

पदको लागि प्रणाली र पद्धतिलाई बिर्सिएर जे गर्न पनि तयार हुने प्रशासनिक नेतृत्वमाथि राजनीतिक नेतृत्वले पनि विश्वास गर्‍यो । प्रशासनको भविष्य भन्दा पनि व्यक्तिगत भविष्यको स्वार्थीपनले काम गर्दा निजामती सेवा कमजोर बन्यो।

अनि स्थानीय तहको लागि आवश्यक पर्ने कानुन निर्माण नगरिनु अति जरुरी देखिन्छ किन भने विभिन्न कारक तत्वहरुको कारणले पनि भ्रष्टाचार गर्न बाध्य भएको हुनु पर्छ ।

त्यसैले जिम्मेवार निकाय सरकारी लेबलबाट यी विषयहरूमा सुधार गरेर कर्मचारी को तलब बढायो भनी मात्र भ्रष्टाचार निर्मूल पार्न सकिन्छ र कर्मचारी सही भयो भनी मात्र देशलाई समृद्ध बनाउन सकिन्छ त्यसैले कर्मचारी तन्त्रलाई सोच र जनता को न्याय मुखी बनाएर कार्यमुखी बनाउनु नै आजको मूल आवश्यकता हो । हरेक सरकारी संयन्त्र कर्मचारीको मातहतमा चलेको हुन्छ। पृथ्वीनारायण शाहले भने झै घुस लिने र दिने दुबै भष्ट्रचारी हुन् अत: भष्ट्रचारको कालो धन्दाबाट आफु पनि बचौं अरुलाई पनि बचाऔ । KTM DAINIK बाट

लेखक नेपाली कांग्रेस उद्योग व्यापार विभागको केन्द्रीय सदस्य हुन् !

 

तपाईको प्रतिक्रिया