दुधमा आत्म निर्भर बनाउने एनएमसी सम्मानित


झापा । दुधमा आत्म निर्भर बनाउन महत्वपूणर् भूमिका निर्वाह गरेकोमा नेपाल सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) लाई सम्मान गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी दुधलाई आत्म निर्भर बनाउने अभियानमा सहकारीको माध्यमबाट दुध उत्पादन, संकलन तथा बजारीकरणका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्म निर्भर भएको घोषणा’ कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले संस्था प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालालाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरे ।

मेचीनगर-६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले बैंकिङसँगै, एनएमसी डेरी एकिकृत नमुना कृषि फार्म जस्ता महत्वपूणर् व्यवसायमार्फत आम मानिसलाई सेवा दिंदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया