रोट्रयाक्ट क्लब अफ मेचीनगर गठन

धुलावारी । रोट्रयाक्ट क्लब अफ मेचीनगर गठन भएको छ । झापा मेचीनगरका युवाहरुको शुक्रबार सम्पन्न भेलाले पदाधिकारी तथा सदस्यहरु चयन गरेको हो । क्लबको अध्यक्षमा इभान लुईंटेल, उपाध्यक्षमा प्रज्वल कार्की र निरुता दाहाल चयन भएका छन् ।

क्लबको सचिवमा विशाल काफ्ले, कोषाध्यक्षमा दोर्जे तामाङ, इन्टरनेशनल सर्भिस डिरेक्टरमा सागर शिवाकोटी, प्रोफेशनल सर्भिस डिरेक्टरमा विवेक क्षेत्री चयन भएका छन् ।

कम्युनिटि सर्भिस डिरेक्टरमा श्याम शिवाकोटी, क्लब सर्भिस डिरेक्टरमा राज भगत, क्षेत्र संयोजकमा आश्मा चापागाईं एवम् सम्पादकमा यामनाथ श्रेष्ठ चयन भएको क्लबकी सदस्य करीना पौडेलले जानकारी दिइन् ।

धुलावारीस्थित होटल निर्भाणमा भेला सम्पन्न भएको हो । सो अवसरमा रोटरी क्लब अफ मेचीनगरका चार्टर प्रेसिडेण्ट किशोर क्षेत्री, सदस्य कृष्ण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया