निशानको म्याग्नाइट बिर्तामोडमा सार्वजनिक

झापा । बिर्तामोडमा निशान मोटर्सको बहुप्रतीक्षित बी-एसयूभी म्याग्नाइट गाडीको बिक्री बितरण शुरु भएको छ ।

बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिस अगाडि रहेको निशान मोटरका लागि आधिकारिक बिक्रेता निशान सोरुमबाट म्याग्नाइट गाडीको मंगलवारबाट बिक्री वितरण शुरु भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गाडी अनावरण गरेका थिए ।

अनलाइनमार्फत विश्वव्यापी रूपमा गाडीको बुकिङ गर्न सकिने बताउँदै निशान मोटर्सका लागि आधिकारिक बिक्रेता निशान मोटरर्स बिर्तामोडका सञ्चालक रौनक वंशलले सोमवार काठमाडौंमा पहिलो पटक म्याग्नाइट गाडीको सार्वजनिक गरिएको र झापामा पनि उत्कृष्ट फिचरका गाडीहरु आइसकेको बताएका छन् । निशान नेपालको आधिकारिक विक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्याग्नाइट लञ्च गर्ने पूर्वतयारी शुरू गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीमा स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रूफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषता रहेका निशानका बिर्तामोड प्रतिनिधि तेज पौडेलले बताए ।

निशान म्याग्नाइट १.० लिटर पेट्रोल इञ्जिनको दुईओटा भेरियन्टमा उपलब्ध हुनेछ । यीमध्ये एउटामा नेचुरली एस्पिरेटेड इञ्जिन र अर्कोमा टर्बोचाज्र्ड इञ्जिन हुनेछ । यस कारमा ८ इञ्चफुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर पनि छन् । विविध अत्याधुनिक विशेषता रहेको निशान म्याग्नाइट आफ्नो सेगमेन्टको ‘गेमचेन्जर’ बन्ने अपेक्षा कम्पनीले गरेको छ ।

तपाईको प्रतिक्रिया