डिभिलियर्सको जन्मदिनमा डुप्लेसिसको सन्यास !

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डुप्लेसिसले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । दक्षिण अफ्रिकाका लागि टेस्टमा १० वटा शतक समेत बनाएका डुप्लेसिसले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

दक्षिण अफ्रिकाबाट ६९ टेस्ट खेलेका डुप्लेसिसले ३६ टेस्टमा कप्तानी समेत गरेका थिए । एबी डिभिलियर्सले क्रिकेटबाट सन्यास लिएपछि डुप्लेसिसले कप्तानी सम्हालेका थिए । तर उनको नेतृत्वमा पनि दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्न नसकेपछि उनले कप्तानी छाडेका थिए ।

उनले बुधबार एबी डिभिलियसको ३७ औँ जन्मदिनमा टेस्ट क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । एकदिवसीय र टी-ट्वेन्टी क्रिकेटमा केन्द्रित हुनका लागि टेस्टबाट सन्यास लिएको डुप्लेसिसले बताएका छन् ।

तपाईको प्रतिक्रिया