इलाममा पनि मृगौलाको डायलासिस

इलाम । इलाम अस्पतालमा चाडै मृगौला रोगीहरुका लागि डाइलासिस सेवा शुरु हुने भएको छ । रोटरी क्लब धरान र इलाम नगरपालिकाको आर्थिक सहयोगमा अस्पताललाई आइतबार तीन थान डाइलसिस मेशिन अस्पताललाई हस्तान्तरण गरेको छ ।

आवश्यक जनशक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए ।

इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेशिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब धरानको पूर्व उपाध्यक्ष कृष्ण साहले जानकारी दिए ।

डाइलासिस सेवा जिल्ला समन्वय समितिको नयाँ भवनबाट दिइने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया