झापा, २८ पुस । नेपालमा पछिल्लो २४ घण्टामा ४३० जनामा कोरोना संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीमा ५ हजार ३०० को परीक्षण गर्दा ४३० को रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै ३९० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल कोरोना संक्रमित २ लाख ६५ हजार ६९८ पुग्दा २ लाख ५९ हजार ३५८ जना निको भएका छन् ।
हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको निधन संख्या १ हजार ९३२ पुगेको छ ।
गत २४ घण्टामा थप ५ संक्रमितको ज्यान गएको हो ।