सुनचाँदीको मूल्यमा आज भारी गिरावट

झापा । यो साताको पहिलो दिनदेखि नै उकालो लागेको सुनको मूल्यमा आज भने ब्रेक लागेको छ ।

आइतबारदेखि बुधबारसम्म दैनिक रुपमा उकालो लागेको सुनको मूल्य आज बिहीबार भने ओरालो लागेको हो ।

हिजो बुधबारको तुलनामा आज सुनको भाउ तोलामा १ हजार ३ सय ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा आज छापावाल सुनको मूल्य तोलाको ९५ हजार ४ सय र तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९ सय मा कारोबार भैरहेको छ ।

छापावाल सुनको मूल्य आइतबार ९४ हजार ५ सय, सोमबार ९५ हजार ३ सय, मंगलबार ९६ हजार ४ सय र बुधबार ९६ हजार सात सय कायम भएको थियो भने तेजावी सुनको मूल्य क्रमस ९४ हजार, ९४ हजार ८ सय ९५ हजार ९ सय र ९६ हजार २ सय कायम भएको थियो ।

सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्यमा पनि केही मात्रामा गिरावट आएको छ । आज चाँदीको मूल्य अघिल्ल दिनको तुलनामा तोलामा १० रुपैंया घटेर १ हजार ३३० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया