रियलको मिसन एम्बाप्पे : ६ खेलाडी बेचेर फ्रान्सका स्ट्राइकर भित्र्याउने तयारी

एजेन्सी । किलियान एम्बाप्पेलाई क्लबमा भित्र्याउने रियल म्याड्रिडको सपना पुरा हुने समय आउन लागेको छ । सन् २०२२ को जुनमा फ्रान्सका स्ट्राइकरको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको करार सकिदैछ । एक वर्ष बाँकी छँदा अब उनी त्यही क्लबमा रहने वा नयाँ चुनौति सामना गर्ने भन्नेमा द्विविधामा छन् । स्पेनिस पत्रिका एएसका अनुसार यही अवस्थामा रियलले ‘अपरेशन एम्बाप्पे’ शुरु गर्ने तयारी गरेको छ ।

स्पेनिस महारथीले एम्बाप्पेलाई स्पेनमा भित्र्याउन १५० मिलियन युरोदेखि २२२ मिलियन युरोसम्म पर्ने अनुमान गरेको पत्रिकाले जनाएको छ । पत्रिकाका अनुसार एम्बाप्पेले वार्षिकरुपमा २१ मिलियन युरो तलब माग गर्ने र त्यसलाई रियलले तिर्न सक्नेछ ।

तपाईको प्रतिक्रिया