ज्ञानेन्द्र र पारसले बागमतीबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल तथा पूर्व कप्तान पारस खड्का दुवैले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशबाट खेल्ने भएका छन् ।

माघ २ गतेदेखि सुरु हुने प्रधानमन्त्री कपका लागि बागमती प्रदेशले २५ खेलाडीको नाम सार्वजनिक गर्दा ज्ञानेन्द्र र पारसको नाम समेटिएको हो । गत वर्ष पनि दुवै खेलाडीले प्रदेश टोलीबाट सँगै खेलेका थिए । पछिल्लो संस्करणमा टोली सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।

बागमतीले अघिल्लो साता भएको प्रदेश छनोटको आधारमा २५ खेलाडी छनोट गरेको हो । अब अन्तिम छनोटमा १४ खेलाडीको नाम सार्वजनिक हुनेछ । पारस र ज्ञानेन्द्र दुवै कोरोना संक्रमणका कारण विश्राममा रहेका थिए । प्रदेश छनोटमा चितवनले फाइनलमा काठमाडौंलाई पराजित गर्दै उपाधि जितेको थियो बागमती प्रतियोगिताको समूह बी मा रहेको छ । उक्त समूहमा साविक विजेता नेपाल पुलिस क्लबसँगै सुदूरपश्चिम, लुम्बिनी र प्रदेश २ रहेका छन् । बागमतीले पहिलो खेलमा माघ ४ गते पुलिसको सामना गर्नेछ ।

बागमती प्रदेशको २५ सदस्यीय टोली :

ज्ञानेन्द्र मल्ल, पारस खड्का, पृथु बास्कोटा, इशान पाण्डे, आदील खान, आकाश थापा, बिभत्सु थापा, रामनरेश गिरि, नन्दन यादव, गौतम केसी, सुमित झा, अरियो पौडेल, सुबाश खत्री, रिजन ढकाल, विपिन आचार्य, पवनगोपाल श्रेष्ठ, जितेन्द्र सिंह ठकुरी, दिपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संघर्ष पौडेल, विशाल फुयाल, प्रतिक श्रेष्ठ, नविन यादव, तक्षक सिम्खडा ।

(हाम्रो खेलकुद)

तपाईको प्रतिक्रिया