चन्द्रदर्शन बचत तथा ऋण सहकारीको अध्यक्षमा शान्ता कुमार राई

उमानाथ भण्डारी
कमल । चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शान्ताकुमार राई बिजयी भएको छन् ।

कमल गाउँपालिका वडा ५ पाडाजुंगीस्थित मुख्य कार्यालय रहेको सहकारी संस्थाको आगामी कार्यकालमा लागी सम्पन्न निर्वाचनमा राई बिजयी भएको छन् ।

पछिल्लो मत परिणाम अनुसार राईले २ सय ४९ मत प्राप्त गरी विजयी भए भने प्रत्यासी बालकृष्ण गौतमले ८४ मत प्राप्त गरी उपविजेता भएको निर्वाचन समितीले जनाएको छ ।
त्यसैगरी, सचिवमा सञ्जयकुमार कुमालले २ सय २१ मत ल्याएर विजयी भए भने उनका प्रतिद्धन्द्धी सुखराज लिम्बुले १ सय १० मत प्राप्तगरी उपविजेता भएको निर्वाचन समितिका संयोजक जीवराज भट्टराईले जानकारी दिए ।

सञ्चालक समितिको उपाध्यक्षमा उषा भण्डारी, सहसचिवमा बिनय श्रेष्ठ, कोषाध्यक्षमा रोशन दाहाल र लेखा समिति संयोजकमा प्रेम दुलाल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितीले जनाएको छ ।

त्यसैगरी, सञ्चालक समिति सदस्यहरुमा कविता गुरुङ १ सय ८६, ओमकुमार प्रधान १ सय ८३, चन्द्रबहादुर कार्की १ सय ६९, पिताम्बर खडका २ सय २, रणबहादुर बराइली १ सय ७५, भक्तबहादुर कार्की १ सय ७३ तथा लेखा सदस्यमा रेवत गुरुङ १ सय ८० र सुनिल थापा १ सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएका निर्वाचन समितिका संयोजक भट्टराईले बताए ।
३ सय ७२ जना शेयर सदस्य रहेको संस्थाको निर्वाचनमा ३ सय ३८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया