कमल नगर जेसिजको अध्यक्षमा खनाल

उमानाथ भण्डारी
कमल । कमल नगर जेसिज वर्ष २०२१ का लागी अध्यक्षमा जेसि छत्रपति खनाल (गोपाल) निर्वाचित भएका छन् ।

कमल नगर जेसीजको स्थापना कालदेखी नै सक्रिय रुपमा जेसिजमा आबद्ध भएर विभिन्न जिम्मेवारी पुरा गरी सकेका खनालले २०१५-२०१६ मा कोषाध्यक्ष, २०१७ मा साधारण सदस्य, २०१८ मा उपाध्यक्ष, २०१९ मा कार्यकारिणी उपाध्यक्ष र २०२० महासचिवको जिम्मेवारी पुरा गरीसकेका खनालले वर्ष २०२१ का लागी अध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी, अध्यक्षमा प्रत्यासि बनेका जेसी विष्णुभक्त लामीछाने र जेसी तिलरुपा सुवेदी(दाहाल) उपविजेता भएको निर्वाचन समितिका संयोजक केदार कटुवालले जानकारी दिए ।
कार्यकारिणी उपाध्यक्षमा जेसी भिम अधिकारी र देवि प्रसाद दाहाल निर्वाचित भए भने जेसी सन्तोष कडरिया उपविजेता बनेको निर्वाचन समितीले जनाएको छ ।

उपाध्यक्षमा जेसी तिर्थ पौडेल, जेसी प्रविण खड्का, जेसी नविन भण्डारी, तालिम निर्देशकमा जेसी युवराज पाठक र जन सम्पर्क अधिकारीका लागी जेसी कमला दाहाल सर्वसम्मत निर्वाचित भएको संयोजक कटुवालले बताए ।

पूर्वअध्यक्ष तथा आजिवन सदस्य गरी जम्मा ४२ मत रहेको कमल नगर जेसिजमा ४० मत खसेको थियो जसमध्ये अध्यक्षमा २ मत र कार्यकारिणी उपाध्यक्षमा ६ मत बदर भएको निर्वाचन समितीले जनाएको छ ।

तपाईको प्रतिक्रिया