कमल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन सुरु

उमानाथ भण्डारी

कमल । झापाको कमल गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने काम सुरु गरेको छ ।

नेपाल सरकारले आफ्ना नागरिकको समपुणर् विवरण अध्यावधिक गर्ने उद्येश्यले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन सुरु भएको छ । यो काम कमल गाउँपालिकामा २० दिनसम्म रहने गाउँपालिकाले जनाएको छ ।

राज्यका सम्पूणर् नागरिकको सुरक्षा व्यवस्था, सामाजिक क्रियाकलाप, राज्यबाट प्रदान गरिने सेवामा एकरुपता, वित्तिय अवस्थालगायतका सम्पूणर् गतिविधिलाई व्यवस्थित गर्नका लागी नेपाल सरकारले राष्ट्रिय परिचय पत्रको फोटो खिचाउन काम सुरु गरेको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया