कतारमा सवारी दुर्घटनामा परि झापाली युवकको मृत्यु

झापा । कतारमा सवारी दुर्घटनामा परि झापाली एक युवकको मृत्यु भएको छ । ट्रक दुर्घटनामा परि झापा गाउँपालिका ३ कामिटोली बजारमा स्थायी घर भएका पशुपति शाहको घटनास्थलमै मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

विगत ८ वर्ष देखि कतारमा डाइभिङ गर्दै आएका उनको आफूले चलाएको ट्रक दुर्घटनामा परि मृत्यु भएको हो । कामिटोली बजारमा सामान्य परिवारका उनका श्रीमती र दुई छोरा रहेका छन् । दुर्घटना परी मृत्यु भएका शाहको आवश्यक कागजात पूरा गरी सकी सक्दो चाँडो नेपाल पठाउन सम्बन्धित निकायमा प्रक्रिया अघि बढी सकेको नेपाली दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया