वीरता लेडि जेसीजको सप्ताह कार्यक्रम सम्पन्न

बिर्तामोड । वीरता लेडि जेसीजको आयोजनामा गरिएको जेसिज सप्ताह कार्यक्रममा शुक्रबार बिर्तामोड देवनिया खोला नजिक सडक खण्डमा सडक सुरक्षा बोर्ड राखी कार्यक्रम समापन गरिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्ष जेसिज २०२० कि अध्यक्ष सुस्मा पौडेलले गरेको थिईन् । कार्यक्रमको प्रमुख अतिथि वीरता लेडि जेसिजको संस्थापक अध्यक्ष जेसिज सारदा रिजाल रहेको थिइन् र विशेष अतिथिका रुपमा प्रहरी निरीक्षक ढुन्डिराज गिरि र झापा जिल्ला ट्राफिक प्रहरी नायब निरीक्षक नारायण आचार्य प्रहरी सायक निरीक्षक डिल्ली प्रसाद तिमिल्सिना रहेको जेसीज अभियन्ता रोजिना पाण्डेले जानकारी दिइन् ।

जेसिज पूर्व अध्यक्ष पार्वता बिमली, रजनी बजगाईँको आतिथ्यमा कार्यक्रम सफल र समापन भएको थियो । यस कार्यक्रमको ब्यवस्थापन संयोजकमा हेमा पौडेल र संगीता चिमरियाले गरेको थिइन् ।

तपाईको प्रतिक्रिया