भद्रपुरकी कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु

झापा । भद्रपुर नगरपालिकामा एकजना कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ।

भद्रपुर नगरपालिका वडा नं ७ की ६५ वर्षिया अन्नमाया कार्कीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको गएराति मृत्यु भएको हो।

मंसिर ३ गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन्।