को थिए श्याम सर ?


अर्जुन कार्की
भनिन्छ जीवन एक लिला हो । यो लिला भित्र सबै मानिसको आ-आफ्नै भोगाई हुन्छ । यही भोगाई, हिडाँइ, गराई, खुवाई आदि इत्यादि भित्र मेरो जीवनका थुप्रै उतार चढाव भित्र बाँच्न सफल एक फरक विचार फरक व्यवहार र फरक शैलीका एक असल र कुशल व्यक्तित्वका धनी मध्येका एक थिए मेचीनगर नगरपालिका वडा नं. ४ श्री सरस्वती माविका पूर्व प्रधानाध्यापक तथा वर्तमान शिक्षक श्यामराज कार्की सर । उहाँ साइनोले मेरो सानाबुवा पर्नु हुन्थ्यो । एक ताका उहाँको सोल्टी मेरो कान्छा मामा कणर्बहादुर थापा काठमाडौंमा बस्दा श्याम सरले वि.कम. काठमाडौं मै पढ्ने निधो गर्नु भएछ । म पनि एसएलसी सकेर काठमाडौंमै आर्ट, बाँसुरी सिक्दै थिए । श्याम सर र म करिब २ वर्ष एउटै खाटमा सुतेर वितायौ । मेरो खाना पकाउने पाली विहान थियो उहाँको बेलुका । म आर्ट गर्नको धुनमा तल्लिने हुन्थे । बेलुका ८ बजे पाकेको खाना मेरो निरन्तर लगनशिलताले १२ बजेतिर मात्र खाइन्थ्यो तर मेरो मेहेनतप्रति उहाँको निधार कहिले खुम्चेन । मलाई पर्खेरसँगै खानु हुन्थ्यो भनिन्छ नि गाँस छोड्नु साथ नछोड्नु । त्यो गुण उहाँमा प्रशस्त थियो । त्यसैले श्याम सर साथीभाइमा कहिल्यै नबिझाउने एक असल मित्रता कायम राख्ने व्यक्तित्व हुनुहुन्थ्यो । सोही ताका हामीसँग कता-कता आर्थिक अभाव पनि थियो । गाउँबाट शहर पढ्न गएको किसानको छोरासँग अभाव त खड्किने नै भयो । उहाँलाई बन्दकोपी असाध्यै मन पथ्र्यो र प्राय बन्दकोपीमा ग्रेभी बनाएर मिठो स्वादिलो खाना बनाउने क्षमता थियो श्याम सरसँग । पछि म काठमाडौं नै बसे उहाँ झापा घरतिर फर्किनुभयो । देवी ओझा शिक्षा मन्त्री हुँदा अस्थायी गाविस सचिवमा काम गर्न ताप्लेजुङ तिर पुग्नु भएछ । पछि उहाँले झापा भद्रपुरकी मीना खड्कासँग वैवाहिक जीवन गासिएपछि न्यूटन कार्की सगुन र सभ्यता एक छोरा दुई छोरीको एक दुरदर्शी अभिभावक थिए श्याम सर ।
परिस्थितिवस मैले पनि काठमाडौं छोडेर गाउँ मै आए श्याम सर स्थानीय सरस्वती माविको प्र.अ. हुनुहुन्थ्यो । । मलाई पनि सामाजिक रुपान्तरणमा जाँगर चलाउन मन लाग्थ्यो । हामी दुई बीचको उद्देश्य मिले पनि उहाँको बीचको उठवसमा केही अप्ठ्यारा र असजिलो परिस्थितिको दलदलमा डुविसक्नु भएको रहेछ । मैले उहाँलाई विद्यालय व्यवस्थापनको अध्यक्षको हैसियतले त्यो उहाँको नसालु आदतबाट छुटकारा दिलाउन अनेकौ प्रयत्न गरे तर मेरो अनेकौ प्रयास असफल भएपछि उहाँलाई प्र.अ. छोड्न सुझाव दिए । उहाँ र उहाँको परिवारले मलाई राम्रो नराम्रो के भन्नु भयो आजसम्म थाहा छैन तर मैले प्र.अ. छोड्दा नानीहरुको भविष्य र समाजलाई फाइदा हुन्छ भने अध्यक्षको कुरा स्वीकार्छु भनी सोही विद्यालयको शिक्षक पदमा कार्यरत हुन कति पनि विचलित हुनु भएन । त्यसैले सामाजिक रुपान्तरण व्यक्तित्व थिए श्याम सर ।
गाउँ घरमा अंशवण्डा, घर जग्गा खरिद विक्रीमा उनले जग्गा नाप्ने पास गरिदिने एक सहयोगी अमिनी तथा लेखनदास पनि थिए श्याम सर ।
त्यति मात्र होइन बाुहण्डाँगीमा भएको मानव हात्ती द्वन्द्व न्यूनिकरणका लागि क्रियाशिल प्रकृति संरक्षण समाजमार्फत पर्या पर्यटन, हात्ती पर्यटनमा अहम भूमिका निर्वाह गरी ग्रामीण पर्यटन विकासमा बाहुण्डाँगी सामुदायिक होमस्टेको संस्थापक उपाध्यक्षको जिम्मेवारी कुशलता साथ निर्वाह गरी विभिन्न जिल्लामा गई तालिमको अनुभव लिई आफ्नो घरलाई समेत होमस्टेको रुपमा सञ्चालन गर्न सफल एक ग्रामीण पर्यटन व्यवसायी थिए श्याम सर ।
बाहुण्डाँगी युवा क्लब, बाहुण्डाँगी सामुदायिक भवन समिति, नाइट चेस क्लब आदि विभन्न संघ संस्था आवद्ध एक शालिन सामाजिक व्यक्तित्व थिए श्याम सर ।
बुढापाका युवा, केटाकेटी सबैको आँखामा कहिले नबिझाउने श्याम सरले ५३ वर्षको अल्पायुमै यो संसारलाई छोडेर परलोक हुँदा सिंगो समाज स्तब्ध बन्यो एक सामाजिक योद्धा एक शैक्षिक क्रान्तिका अगुवा मेरा पथ प्रदर्शक आदरणीया श्याम सरको यो असामयिक निधनप्रति भावपूणर् श्रद्धाञ्जली अर्पण गर्दै कालान्तर यो समाजमा स्थापित भइरहने तपाई श्याम सरको स्वर्गमा बास होस् भनी भगवानसँग प्रार्थना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

तपाईको प्रतिक्रिया