कमल नगर जेसिजद्वारा आगलागी पिडित परिवारलाई राहात हस्तान्तरण

उमानाथ भण्डारी
कमल । कमल नगर जेसिजले आग्नि पडित परिवारलाई राहात प्रदान गरेको छ ।
कमल गाउँपालिका २ समायगढस्थित रामबहादुर परियारको घरमा कात्तिक ३० गते आगलागीका कारण बेसाहारा बनेका परियार परिवारलाई कमल नगर जेसिजले १५ हजार रुपैया राहात हस्तान्तरण गरेको कमल नगर जेसिजका वर्ष २० का अध्यक्ष जेसी हेम दाहालले जानकारी दिए ।
लक्ष्मि पुजा गर्ने क्रममा आगलागी हुँदा राम बहादुर परियारकी ७ वर्षिय छोरी निरुता परियारको मृत्यु भएको थियो भने करिब ९ लाख रुपैया भन्दा बढीको सम्पती सम्पति जलेर नष्ट भएको थियो ।

तपाईको प्रतिक्रिया