आगलागी पिडित परियार परिवारलाई राहात सामाग्री प्रदान

उमानाथ भण्डारी
कमल । आगलागीका कारण बेसाहारा बनेका कमल गाउँपालिका-२ का परियार परिवारलाई राहात सामाग्री प्रदान गरिएको छ ।

स्थानिय महेन्द्र रत्न माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट सहयोग स्वरूप लत्ताकपडा र खाना बनाउनका लागी आवश्यक भाँडाबर्तन लगायतका राहत सामग्री उपलब्ध गराइएको विद्यालयका शिक्षक बिजय कुमार अधिकारीले जानकारी दिए ।

कमल गाउँपालिका वडा नम्बर २ निवासी राम बहादुर परियारको घरमा कात्तिक ३० गते बेलुकी ९ बजे आगलागी हुँदा ७ वर्षिय छोरी निरुता परियारको मृत्यु हुनुका साथै घरमा भएको सबै सम्पत्ति नष्ट भएको थियो । निरुता सोहि विद्यालयमा कक्षा केजीमा अध्यायनरत विद्यार्थी हुन् ।

लक्ष्मिपुजा गर्ने क्रममा बालेको दियोका कारण आगलागी हुँदा आफ्नी ७ वर्षिय छोरीसँगै धन-सम्पति जलेर नष्ट भएको राम बहादुर परियारले बताए ।

तपाईको प्रतिक्रिया