अक्षय कुमारको ‘लक्ष्मी बम्ब’को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ बनाइयो

भारतीय चलचित्र ‘लक्ष्मी बम्ब’को नाम परिवर्तन गरेर ‘लक्ष्मी’ बनाइएको छ। डिजिटल रिलिजको तयारीमा रहेको अभिनेता अक्षय कुमारको ‘लक्ष्मी बम’को नाममाथि प्रश्न उठेपछि परिवर्तन भएको हो।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि त्यसको शिर्षकमाथि प्रश्न उठेका थिए। चलचित्रको नामले मानिसहरूको धार्मिक भावनालाई चोट पुर्‍याउने आलोचकहरूले आरोप लगाएका थिए। मुकेश खन्ना लगायतका केही कलाकारहरूले समेत चलचित्रको शीर्षकमाथि प्रश्न उठाएका थिए।

त्यसपछि मानिसहरूको धार्मिक भावनालाई ध्यानमा राख्दै चलचित्रको नाम ‘लक्ष्मी’ राखेर सेन्सरबाट पास गरिएको छ। सिनेमामा अक्षय एक ट्रान्सजेन्डरको भूमिकामा देखिनेछन्। अक्षय कुमारको साथमा कियारा अड्वानी रहेकी छिन्।

राघव लरेन्सको निर्देशनमा बनेको हरर कमेडी जनराको चलचित्र ९ नोभेम्बरमा डिजिटल माध्यामबाट रिलिज हुँदैछ।

तपाईको प्रतिक्रिया