८ सयले बढ्यो सुनको मूल्य

झापा । बुधबार सुनको मूल्य ८ सयले बढेर तोलाको ९५ हजार ५ सयमा कायम भएको छ। अघिल्लो दिन सुन ९४ हजार ५ सयमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य १२ सय ४० प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा चाँदी ३० रुपैयाँले बढी हो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया