सुनचाँदीको मूल्यमा स्थिरता

काठमाडौं । सोमवार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

त्यस्तै आइतबार २ सय रुपैयाँले घटेको छापावाल सुन सोमवार पनि ९४ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन पनि नेपाली बजरमा ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साताको शुरु देखि नै स्थिर रहेको चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया