सुनचाँदीको भाउ घट्यो

काठमाडौं । बुधबार सुनको भाउ ६ सयले घटेको छ ।

साताको पहिलो दिन आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको थियो । मंगलबार ९५ हजार १ सयमा कारोबार भएको छापावाल सुन बुधबार ९४ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजारमा कारोबार भएको महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कायम भएको छ ।

गत साताको पहिलो दिन आइतबार प्रतितोला २ सय रुपैयाँले बढेको सुन सोमबार ४ सयले घटेको थियो । मंगलबार सुन एकै दिन ८ सयले बढेको थियो । बुधबार ८ सयले नै घटेको सुन विहिबार भने प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । शुक्रबार ९ सयले बढ्दै ९४ हजार ८ सयमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया