विवाहको पहिलो वर्षगाँठमा कुसुमले गरिन् पत्रकारको अक्षयकोषमा १० हजार सहयोग

उमानाथ भण्डारी । झापा । पत्रकार मञ्च दमकले स्थापना गरेको पत्रकार अक्षयकोषमा मञ्चकी कोषाध्यक्ष कुसुम तामाङ्ग (भट्टराई)ले विवाह वर्षगाँठको अवसरमा १० हजार ५५ रुपैयाँ सहयोग गर्नु भएको छ ।
मञ्चको कोषध्यक्ष कुसुमले श्याम भटराईसंग प्रेम विवाह गरेको पहिलो वर्षगाँठको अवसरमा मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सो रकम प्रदान गर्नु भएको हो । स्टार एफ.एम.दमकको कार्यकक्षमा पत्रकार मञ्च दमकका उपाध्यक्ष झगेन्द्र खड्काको उपस्थितिमा संस्थाकाअध्यक्ष तथा अक्षयकोषका संयोजक मनकुमार गदाललाई कुसुमले नगद रकम हस्तान्तरण गर्नु भएको हो । मञ्चको कोषध्यक्ष तामाङ्ग भटराईले गत असोज १७ गते चलचित्र निर्देशक तथा अभिनेता श्याम भटराईसंग प्रेम विवाह गर्नु भएको थियो ।

प्रेम विवाह भएको पहिलो वर्षगाँठको अवसरमा फुजुल खर्च गरेर वर्षगाँठ मनाउनु भन्दा पत्रकारको हितको लागि आफुले रहेको अध्यक्षकोषमा रकम प्रदान गरेको पत्रकार मञ्च दमकको कोषध्यक्ष कुसुम तामाङ्ग भटराईले बताउनु भयो । पत्रकार अक्षयकोष बृद्धिको शुभकामना ब्यक्त गर्दै पत्रकार/सञ्चारकर्मी साथै अन्य सहयोगी दाताहरुबाट जन्मदिन, विवाह वर्षगाँठ आदिको अवसरमा सबैले सहयोग गर्नुहुन कुसुमले अनुरोध गर्नु भएको छ ।

अक्षयकोषको बिनियमावली तयारीको लागि एक तयारी समिति बनाएर प्रक्रियामा गई अक्षयकोष विनियामवली पारित गरिने मञ्चका उपाध्यक्ष खड्काले बताउनु भयो ।