मेचीनगरमा शनिबार थप १६ जनामा कोरोना पुष्टि

मेचीनगर । मेचीनगरमा शनिबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मेची प्रादेशिक अस्पतालका अनुसार मेचीनगरका स्थानीय ११ जना र ५ जना होटल क्वारेन्टिनमा बसेका बाहिरबाट व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत असोज २६ गते ४९ जनाको स्वाबको नमुना संकलन गरिएको थियो ।

शनिबार उनीहरुमध्ये १६ जनाको स्वाबको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा मेचीनगरले जनाएको छ ।

संक्रमण देखिएसंगै अधिकांश संक्रमित होम आइसोलेशनमा रहने मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बरालले बताए ।

१५६ जना संक्रमण मुक्त रहँदा नगरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४० पुगेको छ । नगरमा हालसम्म १ कोरोना संक्रमितको निधन भएको छ ।

तपाईको प्रतिक्रिया