मेचीनगरका १० सहित झापामा ४८ कोरोना संक्रमित थपिए

मेचीनगर । मेचीनगरमा सोमबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका वडा नं १, ६, ७, ८, १० का ७ पुरुष र ३ महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु सबै स्थानीय रहेको मेचीनगर सामाजिक विकास समिति संयोजक नविन बराले बताए ।

झापामा आइतबार ४८ जनामा कोरोना संक्रमण
स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका ५ पुरुष र ६ महिला, दमकका १ पुरुष, भद्रपुरका ९ पुरुष र ६ महिला, कमलका १ पुरुष, अर्जुनधाराका १ पुरुष, झापा गाउँपालिकाका १ पुरुष र १ महिला, गौरादहका ३ पुरुष र ३ महिला, बुद्धशान्ति १ पुरुष रहेका छन् ।

झापामा कुल संक्रमितको संख्या १४०७ पुग्दा ९८१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ४०२ रहेकोे छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया