बैंगलोरलाई पन्जाबसँग बदला लिने मौका

एजेन्सी । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) रोयल्स च्यालेन्जर्स बैंगलोरले किङ्स इलेभेन पन्जाबसँग प्रतिस्पर्धा गर्दै छ ।

सारजहा क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् ।

पन्जाबसँगको पहिलो खेलमा लजास्पद हार बेहोरेको बैंगलोर आजको खेलमा बदला लिने योजनामा छ । बैंगलोर पहिलो खेलमा पन्जाबसँग ९७ रनले पराजित गरको थियो ।

त्यसैले आजको खेलमा बैंगलोर सहज जितको अपेक्षामा हुनेछ । यता लगातार पराजित भएको पन्जाब आजको खेलमा जित निकाल्दै लिगमा आफ्नो सम्भावना कायम राख्ने योजनामा हुनेछ ।

लिगमा ७ खेल खेलेको पन्जाबले एक खेलमा मात्र जित निकालेको छ । उक्त खेल बैंगलोरसँग थियो । समान खेल खेलेको बैंगलोर तालिकाको तेस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया