बायोग्यास जडानमा बिर्तामोड प्रदेश १ कै उत्कृष्ट


बिर्तामोड । बिर्तामोड नगरपालिका बायोग्यास जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ ।
नगर क्षेत्रका तीन सय भन्दा बढी लक्षित वर्गको घरमा बायोग्यास जडान बिर्तामोड नगरपालिका प्रदेश १ कै उत्कृष्ट बनेको हो । नेपाल बायोग्यास प्रर्वद्धन संघ प्रादेशिक कार्यालय विराटनगरले उत्कृष्ट नगरपालिका घोषणाका साथ एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान पत्र प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नगरप्रमुख शिवाकोटीलाई सम्मानपत्र हस्तान्तरण गरे ।
‘विश्वमा बढिरहेको ऊर्जा संकटलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले नवीकरणीय उर्जाको क्षेत्रमध्ये घरेलु बायोग्याँस जडानमा उत्कृष्ट कार्य गरी स्वच्छ वातावरण वन विनास, स्वास्थ्य सुधारका निम्ति प्रदेश १ कै उत्कृष्ट नगरको रुपमा कार्यक्रम सञ्चालन गरेको हुँदा सम्मान गरिएको हो । ।

तपाईको प्रतिक्रिया