थप २२८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु


झापा । काठमाडौंमा १८८८ सहित उपत्यकामा २२८३ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा दुई हजार २८३ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा ७५५ महिला र ११३३ पुरुष, ललितपुरमा १२६ महिला र १५१ पुरुष र भक्तपुरमा ५४ महिला र ६४ पुरुष रहेका छन् ।
आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा देशभर चार हजार ४७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ९ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन् ।
आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । यो कुल संक्रमितको संख्याको शून्य दशमलव ५८ प्रतिशत हो ।

तपाईको प्रतिक्रिया