झापामा शुक्रबार थप ३० कोरोना संक्रमित थपिए

झापा । झापामा बिहिबार थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका ६ पुरुष र ३ महिला, दमकका ३ पुरुष र १ महिला, भद्रपुरका ५ पुरुष र २ महिला, कमलका १ पुरुष, कनकाईका १ पुरुष, अर्जुनधाराका १ पुरुष र २ महिला, बुद्धशान्तिका २ पुरुष, गौरादहका २ पुरुष, शिवसताक्षी १ पुरुष रहेका छन् ।

झापामा कुल संक्रमितको संख्या १२५० पुग्दा ९१६ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ३२१ रहेकोे छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

तपाईको प्रतिक्रिया