झापाका ७६ वर्षीया बृद्धाको कोरोनाबाट मृत्यु

झापा । बिर्तामोड नगरपालिका-४ मा एक जना कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ ।

उनको मंगलबार बिहान साढे ८ बजे विराटनगरस्थित विराट नर्सिङमा मृत्यु भएको हो । ७६ वर्षीया बृद्धाको नोबेल हस्पिटलमा कोभिड-१९ परीक्षण भएको थियो ।

मुटु सम्बन्धी उपचारका लागि उनलाई नोबेल लगिएको थियो ।

यो सँगै झापामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

तपाईको प्रतिक्रिया