कोरोना बढैसँगै दसैंभर झापामा राती ८ देखि बिहान ५ बजेसम्म लकडाउन

झापा । झापामा कोरोना संक्रमण भाइरस बढैसँगै र चाडपर्वका कारण झापा प्रशासन झापाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म लकडाउन घोषणा गरेको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले जारी गरेको निणर्य

कोरोना भाइरस झापा जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निणर्य अनुसार संक्रमक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न निर्देशन दिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले भेला जमघटहरुमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न निर्देशन गरेका छन् । यो व्यवस्था आइतबारदेखि कात्तिक १४ गते कोजाग्रत पूणर्िमाका दिनसम्म लागू हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया