सुशान्त मृत्यु प्रकरण : सोबिक र साम्युएलपछि सुशान्तको घरका कामदार एनसीबीको नियन्त्रणमा

एजेन्सी । अभिनेता सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको एनसीबीले शुक्रबार बिहान रिया चक्रवर्ती र सुशान्तका अपार्टमेन्ट म्यानेजर साम्युएल मिरान्डाको घरमा छापा मारेको थियो ।

सोही दिनको राति नै रियाका भाइ सोविक चक्रवर्ती र साम्युएललाई थप सोधपुछका लागि एनसीबीले पक्राउ गरेको थियो ।
उनीहरुको शनिबार बिहान मेडिकल टेस्ट गराइएको थियो । परीक्षणपश्चात उनीहरु दुवैलाई अदालतमा हाजिर गराइएको थियो । मजिस्ट्रेट अदालतले उनीहरु दुवैलाई सेप्टेम्बर ९ सम्मका लागि नारकोटिक ड्रग्स र साइकोट्रपिक सब्टिन्स ऐनको धारा ८ सी, २८ र २९ अन्तर्गत एनसीबीको हिरासतमा पठाएको हो ।

एनसीबले अनुसन्धान जारी राख्दै भोलिपल्ट शनिबार सुशान्तको घरमा काम गर्ने कामदार दीपेश सावन्तलाई पनि एनसीबीले पक्राउ गरेको छ । दीपेश सुशान्तको बान्द्रा अपार्टमेन्टको तल्लो तल्लाको कोठामा बस्थे । खबरका अनुसार सिद्धार्थ पिठानी, केशव र नीरजसँग दीपेश पनि सुशान्तको मृत्यु भएको दिन र त्यसअघिको दिन अर्थात् १३ र १४ जुनमा सुशान्तकै अपार्टमेन्टमा थिए ।

एनसीबीले कामदार दीपेशसँग ड्रग्स कोणबाट शनिबार राति सोधपुछ गरेको थियो । सोधपुछका क्रममा दीपेशले एनसीबीलाई गैरकानुनी रुपमा ड्रग्स खरिद गर्नेमा रिया चक्रवर्तीको पनि हात भएको बयान दिएका छन् । यसअघि सुशान्तका अपार्टमेन्ट म्यानेजर साम्युएलले पनि ड्रग्सको कुरामा रियाको नाम लिएको थियो ।

उनीहरुको बयानको आधारमा आइतबार (आज) सीबीआई मुम्बई प्रहरीसहित रियाको घर पुगेको छ । खबरका अनुसार एनसीबी प्रमुख समिर वानखेडेले रियालाई ड्रग्स कोणबाट सोधपुछका लागि बिहान साढे १० बजे उपस्थित हुन भनेको थियो ।
एनसीबीको प्रारम्भिक अनुसन्धानको क्रममा रिया, सोबिक र साम्युएलबीच भएको ड्रग्सको विषयमा च्याट देखिएपछि उनीहरुलाई शंकाको घेरामा राखेर थप अनुसन्धान जारी गरिएको हो । बलिउड हंगामा

तपाईको प्रतिक्रिया